दशैं र तिहार आम हिन्दु धर्मावलम्बिहरुका लागि निकै महत्वका चाडवाड भित्र पर्दछन् । लामो समयसम्म विदा हुने र बिशेष गरेर परिवारका जेष्ठ सदस्य र मान्यजनबाट टिका आर्शिवाद थाप्ने भएकोले पनि दशै र तिहार महत्वका चाडहरु भित्र पर्दछन् । नेपालीहरु सँगै विशेष गरेर हिन्दू नेपाली हरुको सबैभन्दा ठूलो चाड बडादशै सम्पन्न भएको छ । १० दिन सम्म पुजापाठ, व्रत र उत्सवकासाथ मनाइने यो चाड असत्य माथि सत्यको बिजय भएको सन्र्दभ सँगै नेपालमा धुमधामका साथ मनाइएको छ । दशैं सँगै जोडिएर आएको अर्को महत्वपुर्ण पर्व तिहार पनि नजिकै आएको छ ।
देशमा हुने विभिन्न परिवर्तनहरुलाई संस्थागत गर्ने निर्णयहरुका लागि पनि कुनै न कुनै बिशेष अवसरहरु आउनुपर्ने नेपालको राजनीतिक सँस्कार जस्तै बनेको छ । दशैको अवसरमा देशका राजनेताहरुलाई समेत आर्शिवाद दिने र राजनेताहरुले बाटो बिराएको खण्डमा उनीहरुलाई सद्बुद्धि दिनलाई आर्शिवाद माग्ने चलनपनि दशैको बेला धेरै हुने गर्दछ । कतिपय नेताहरुमा देखिएको असमझदारी दशै तिहार वा अन्य विभिन्न पर्वहरुमा मेटाउने चलन पनि नेपालमा भएकोले दशैंका बेलामा नेपालका राजनीतिक दलहरुमा देखिएको असमझदारी कमि हुने आशा गरिएको थियो ।
खैर त्यस्तो उल्लेख्य परिवर्तन र प्रगती भने दशैको अवसरमा देखिएन् । दिदिबहीनी र दाजु भाइवीच टिका आर्शिवाद आदान प्रदान गर्नेे अर्को महत्वपुर्ण पर्व तिहारको पनि नेपाली समाजमा भिन्दै महत्व रहेको छ । तिहार सँगै दलहरुमा देखिएका बेमेलहरु अन्त्यका लागि पहल थालनी गर्नुपर्दछ र ।
जनताहरुले लामो बलिदानी पश्चात प्राप्त गरेको संविधानको कार्यान्वयनका लागि तत्काल चुनाव गर्नेबारे दलहरु एक हुनु पर्दछ ।








